फ्रान्समा एक महिनाको लकडाउन, विद्यालय खुल्ने
समाधान संवाददाता
२०७७ कार्तिक १३ गते ७:२६

एजेन्सी
कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।
कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् ।
कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने भन्दै म्याक्रोनले अत्यावश्यक बाहेक सबैले घरबाटै काम गर्न आह्वान गरेका छन् ।
शुक्रबारदेखि सुरू हुने लकडाउन नोभेम्बर अन्त्यसम्म जारी रहनेछ । लकडाउन भए पनि विद्यालय र अत्याव्शयक उद्योग भने खुल्न दिइने भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया