सचिवालय बैठककै समयमा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

समाधान संवाददाता २०७७ मंसिर ३ गते ९:५६

काठमाडौं

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले बालुवाटारमा दिउँसो १ बजे मन्त्रिपरिषद‍्को बैठक डाकेका हुन् ।

पछिल्लो समय नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच पार्टी सन्चालनको विषयमा सम्बन्ध बिग्रिएको बेला एउटै समयमा दुई बैठक डाकिएको हो ।

प्रधानमन्त्री ओलीले ठिक १ बजे नै मन्त्रिपरिषद्को बैठक राखेका छन्। नेकपाको शुक्रबार बसेको सचिवालयको बैठकले आज दिउँसो १ बजे बैठक बस्ने तय गरेको थियो।

ओलीले सचिवालय बैठक चाहेका छैनन् भने प्रचण्ड समूहले जसरी पनि बैठक बस्ने अडान लिइरहेको बेला बैठक छल्ने रणनीतिका साथ ओलीले मन्त्रिपरिषद‍्को बैठक बोलाएको बुझिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया