कांग्रेसले २९ मंसिरमा देशभर प्रदर्शन गर्ने

समाधान संवाददाता २०७७ मंसिर १९ गते १९:०९

काठमाडौं

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेपछि आक्रोशित बनेको कांग्रेसले देशव्यापी रुपमा प्रदर्शन गर्ने भएको हो।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

कांग्रेसले देशमा व्याप्त भ्रष्टाचार, कोरोना भाइरस संक्रमणविरुद्ध सरकारको अकर्मण्यतालगायतका विषयमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री शशांक कोइरालले जानकारी दिए।

कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना संक्रमणविरुद्ध आवश्यक र अत्यावश्यक काम गर्न नसकेको लगायतका निस्कर्ष निकालेको छ। ७७ वटै जिल्लामा हुने विरोध प्रर्दशनको अगुवाई केन्द्रीय नेताबाट हुने छ।

Advertisement

साथै कांग्रेसले संसद बैठक तुरुन्त बोलाउन पनि माग गर्ने भएको छ। जटिलता र चुनौतीपूर्ण अवस्थामा सरकार आफ्नै दलको द्वन्द्वमा अलमलिएको भन्दै कांग्रेसले जनजीविकाका मुद्धाहरु उठाउने थलो संसदको अधिवेशन छिट्टो बोलाउनुपर्नेमा जोड दिएको छ ।

तपाईको प्रतिक्रिया