राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री, २ चरणमा चुनाव गर्न प्रस्ताव

समाधान संवाददाता २०७७ पुष ५ गते १३:१६

Advertisement

समाधान संवाददाता

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन्। संसद विघटनका लागि सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीले शितल निवास पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद विघटन गरेलगत्तै दुई चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने प्रस्तावको तयारी गरेका छन् ।

Advertisement

वालुवाटारनिकट स्रोतका अनुसार वैशाख १७ र २७ गरी दुई चरण गर्न प्रस्तावको तयारी गरेका हुन्।

मन्त्रिपरिषद्ले संसद विघटन गर्न राष्‍ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओली शीतल निवास गएका थिए। सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको निर्णय गरेलगत्तै प्रधानमन्त्री ओलीले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना देखिएको छ।

तपाईको प्रतिक्रिया