प्रधानमन्त्रीकाे पुरानै गन्थनः बाध्य भएर संसद विघटन

समाधान संवाददाता, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार दिउसाे देशबासीलाई सम्बाेधन गरे । तर उक्त सम्बाेधनमा कुनै नयाँ कुरा छैन । उनले पार्टी भित्रका उनै पुराना गुनासा र गन्थन देशबासीलाई सुनाएर ताजा जनादेशमा जान बाध्य भएकाे बताएका छन् ।
उनले अाफुले पाँच वर्षका लागि जनादेश प्राप्त गरेकाे तर सरकार ढाल्न पार्टी भित्रैबाट घेराबन्दीमा पारिएपछि बाध्य भएर संसद भंग गरेर ताजा जनादेशका लागि जानु पर्ने बाध्यत्मक अवस्था सिर्जना भएको बताएका छन्।
जनादेश राजनीतिक स्थायित्वका लागि भएपनि तर्कहीन विवाद र गतिरोध सिर्जना आजको अवस्था सिर्जना गरिएको प्रधानमन्त्री ओलीको जिकिर छ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकार गठनको एक वर्ष नपुग्दै मुलुक बाहिर गएर अस्थिरताको सन्देश दिएको आरोप लगाए।
सरकारलाई असफल बनाउन विभिन्न बार्गेनिङ गरेर सरकारलाई जनअपेक्षा अनुरुप अघि बढ्न नदिइएको प्रधानमन्त्री ओलीको भनाइ छ।
आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यसको चौतर्फ आलोचना भइरहेको छ। उनले आफ्नै पार्टीका नेताहरुले प्रतिपक्षभन्दा चर्को रुपमा सरकारको विरोध गरेका कारण काम गर्नै नसकिएको अवस्था सिर्जना भएको बताएका छन् ।
उनकाे सम्बाेधनकाे भिडियाे तलकाे लिंकमा छ ।
https://www.facebook.com/samadhannewsmedia/videos/192760312512742
तपाईको प्रतिक्रिया