सरकारसँग वार्ता गर्न विप्लव समूह सकारात्मक

समाधान संवाददाता २०७७ फागुन ८ गते १७:२८

काठमाडौं

Advertisement

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वार्ता र संवादका लागि सकारात्मक रहेको बताएको छ।

नेकपाका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएका हुन्।

विप्लवले आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन्।

‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया