नैतिकता भए पद छोड्नुपर्छ – दीपक काेइराला
समाधान संवाददाता
२०७७ फागुन १२ गते ११:४८

दीपक कोइराला
प्रदेशसभा सदस्य, नेकपा प्रचण्ड माधव समूह
प्रतिनिधिसभा विघटनविरुद्ध हामी पहिल्यैबाट थियौं, यस्तो गर्न हुँदैन भन्दै नै आएको हो ।
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको निर्णय स्वागतयोग्य छ । यो निर्णय आजका लागिमात्रै होइन, यसलाई सदर गरेको भए भोलि अस्थिरता निम्तिने खतरा थियो । अदालतले संविधान रक्षा गरेको छ ।
प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने विषय होइन, नैतिकताको आधारमा दिनैपर्छ । प्रधानमन्त्रीमात्रै होइन, यहाँ राष्ट्रपतिमाथि पनि नैतिकताको प्रश्न आएको छ ।
नैतिकता छ भने नैतिकताको आधारमा छोड्नुपर्छ । सर्वोच्चले १३ दिनभित्र बैठक बोलाउन भनेको छ । नैतिकताको आधारमा नछोडे पनि प्रतिनिधिसभाले हटाउँछ, प्रक्रियाबाटै जानुहुन्छ ।
समाधानसँगको कुराकानीमा आधारित
सम्बन्धित
तपाईको प्रतिक्रिया