प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै
समाधान संवाददाता
२०७७ फागुन २४ गते ९:१३

काठमाडौँ
प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न सो समूहले स्थायी कमिटीको बैठक बोलाएको हो ।
सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्नेछ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया