हाम्रो नेतृत्व चुकेकै हुन् – कानुनमन्त्री चुमान

हरिबहादुर चुमान, माओवादी नेता एवं गण्डकीका कानुनमन्त्री
नेताहरु निरिह भए । नेकपाको विवाद र पछिल्लो सर्वोच्च अदालतको फैसलासम्म आइपुगेर अलग अलग हुँदासम्म माइक्रो म्यानेजमेन्ट अर्कैले ग-यो । कनै तत्वले कसलाई पढायो, कुनै तत्वले अर्कोलाई । मैले यसो माने, अब ओरालो गति सुरु भयो । नेताहरु ओरालो लागे । अब आँटिलाले नेतृत्व गर्न सक्नु प-यो ।
हाँडीबाट उछिट्टिएको मर्कै टिप्दै रमाउँदै गरे हाम्रा नेताहरु, माइक्रो म्यानेजमेन्ट अर्कैले ग-यो । उछिट्टिएको मर्कै खाएर रमाउने काम नेताहरुले गरे ।
हामी राजनीतिक पार्टीले राजनीतिक निर्णय गर्न सक्नुपर्थ्यो । सोमबार बेलुकाको माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठकले राजनीतिक निर्णय गर्न सक्नुपर्थ्यो ।
अदालतको निर्णयको पछि लागेर अब भविष्य नरहने भयो । यो खेलो हो, राजनीति होइन । अदालतले गरेको खेलो हो, राजनीतिक दलले राजनीतिक निर्णय गर्न सक्नुपर्थ्यो । संविधान, नियम कानुन हेर्नुपर्थ्यो, अदालतले खेल्यो ग-यो ।
हाम्रो नेतृत्व चुकेकै हुन् । कसले खेलिरहेको छ भन्ने पनि पत्ता लगाउन सकेनन् । हाम्रो पार्टीमा कसले खेल्यो ? किन हामी फेरि यो अवस्थामा आइपुग्यौं भन्ने कुरा त नेताले भनिदिनुप-यो नि ।
कसले खेलेको हो भन्ने ठाडै भन्न नसक्ने ? आफूले गर्न नसक्ने तर अरुलाई दोष लगाएर उम्कने काम भएको छ नेपालमा ।
हामी जुन कित्तामा हो, त्यो कित्तामा लाग्नै प-यो । नेताहरुले बाध्य बनाए । नयाँ निर्णय आउला, त्यही अनुसार चल्नैप-यो । प्रदेश सरकारमा म पनि सहभागी छु ।
अविश्वासको प्रस्ताव नगर्ने भन्ने थियो हामीले अब जस्तोसुकै अवस्था पनि आउन सक्ने भयो । अब मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आयो, त्यो बेलाको स्थिति अर्कै हुन सक्छ । अब केन्द्रबाट के निर्णय आउँछ, त्यो पर्खिनै प-यो ।
तपाईको प्रतिक्रिया