एमालेले केन्द्रीय कमिटी बैठक बोलायो
समाधान संवाददाता
२०७७ फागुन २८ गते ११:००

काठमाडौं
सर्वोच्च अदालतले पूर्ववतरूपमा नै पार्टीलाई फर्काइदिएपछि पहिलोपटक नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
चैत १ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको हाे। कति बजे, कहाँ बैठक बस्ने भन्नेबारे तोकिसकिएको छैन।
एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टी कमिटीको बैठक बोलाउनु पर्ने माग गर्दै आएका थिए।
केन्द्रीय कमिटी बैठकले अब पार्टीलाई कसरी अगाडि बढाएर लैजाने भन्ने विषयमा आवश्यक छलफल गर्ने भएको छ।
नेकपा एमाले केन्द्रीय कमिटीमा अहिले २०३ सदस्य कायम छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया