नक्कली किम र नक्कली ट्रम्प भियतनाममा पक्राउ
समाधान संवाददाता
२०७५ फागुन १४ गते ९:३०

बिबिसी
किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिन रसेल ह्वाइटलाई प्रहरीले हपारेको छ। ती २ ले हनोइमा नेताहरूको बैठकको नक्कल गरेका थिए।
सोधपूछ पश्चात् दुवैजनालाई प्रहरीले रिहा गरिदिएको छ। समाचार संस्था एएफपीसँग बोल्दै दुवैजनाले आफूहरूलाई त्यहाँबाट निकालिदिने धम्की आएको बताए।
किम जङ्-अनको नक्कल गर्ने हावर्ड एक्स खासमा हंगकंगका बासिन्दा हुन्। उनले एएफपीलाई भने, “उनीहरूले नक्कल गर्न बन्द गर्न अन्यथा देशबाट बाहिर निकालिदिने भनेका छन्।”
हावर्ड र ह्वाइटले भियतनामको राजधानी हनोइमा एउटा नक्कली शिखरसम्मेलनको आयोजना गरेका थिए। उनीहरूले उत्तर कोरियाको परमाणु महत्त्वाकांक्षा कम गराउनु आफ्नो उद्देश्य भएको बताएका थिए।
सम्बन्धित
तपाईको प्रतिक्रिया