तनहुँको व्यासमा आजदेखि विद्यालय बन्द

तनहुँ, रासस ।
व्यास नगरपालिका क्षेत्रभित्रका सामुदायिक एवं संस्थागत शैक्षिक संस्थामा वैशाख आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन बन्द गरिएको छ ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मङ्गलबार सम्पन्न बैठकले विद्यमान कोभिड–१९ को असर र प्रभावलाई मध्यनजर गर्दै व्यास नपाभित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत शैक्षिक संस्थाट सञ्चालन हुँदै आएका भौतिक उपस्थितिका कुनै पनि कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ ।
कक्षागत आन्तरिक परीक्षा भौतिक द्ररी कायम गर्दै स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड कडाइका साथ पालना गर्ने/गराउने व्यवस्था मिलाई फरक–फरक सिफ्टमा परीक्षा सञ्चालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।
व्यास नगरपालिका कार्यालयद्वारा मूल्याङ्कन गरी पेश हुन आएको नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रतिवेदनउपर बृहतरूपमा छलफल गरी अनुमोदन गर्ने निर्णय गरियो ।
नगर विकास कोषको ऋण सहयोगमा व्यास नगरपालिकाको संयुक्त लगानीमा कार्यालय परिसरको उत्तर–पूर्वतर्फ निर्माण प्रस्ताव गरिएको बहुउदेश्यीय भवन निर्माणका लागि आवश्यक प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया