संसारलाई चकित पार्ने चिनकाे विशाल पानी डाइभर्सन परियाेजना

बेइजिङ, (रासस–सिन्ह्वा)
गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले चीनको विशाल पानी डाइभर्सन परियोजनाको निरीक्षण पश्चात शुक्रबार बेइजिङमा आयोजना गर्नु भएको गोष्ठीमा देशको जन–केन्द्रित विकास दर्शनप्रति चीनको निरन्तर प्रतिबद्धतालाई जोड दिनु भएको छ ।
सन् २०२१ को मार्चसम्ममा दक्षिण–उत्तर पानी डाइभर्सन परियोजनाको पहिलो चरणको कार्य सम्पन्न भए पश्चात् ४०.८ अर्ब घन मिटर पानी चीनको उत्तरी भूभागमा पुगेको छ । पानी डाइभर्सनको यस कार्यबाट १३ करोडभन्दा बढी मानिसलाई प्रत्यक्ष लाभ पुगेको छ ।
प्राचीनकालदेखि नै चीनले वर्षादको मौसममा बाढीको विनाशलीला र हिउँदमा चरम सुख्खा भोग्दै आएको छ । तर चीनमा वर्षैभरि उत्तरमा पानीको अभाव र दक्षिणमा प्रशस्त पानी हुने गर्दछ । समय र ठाउँको हिसाबले पानीको यस असमान वितरणले शताब्दीयौंदेखि चिनियाँ जनतालाई पिरोलिरहेको छ । जनगणतन्त्रका रुपमा चीन रुपान्तरण भएपछि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले देशव्यापी ठूला जल परियोजनाहरुको निर्माणको नेतृत्व गरिरहेको छ ।
जलस्रोतलाई अनुकूलन गरी दिगो आर्थिक तथा सामाजिक विकासलाई प्रोत्साहन गरेको छ, र अन्ततः जनताको जीवनयापनमा निरन्तर सुधार ल्याइरहेको छ ।
दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना त्यसमध्येको एउटा उदाहरणीय कार्य हो । निकै ठूलो लगानी भएपनि तुलनात्मक रुपमा निकै लाभप्रद यस कार्य सम्पन्न गर्न सावधानीपूर्वक योजना तर्जुमा र कार्यान्वयनमा दृढ प्रतिबद्धता चीन सरकारले व्यक्त गरेको छ ।
यस परियोजनाले याङ्सी नदीको पानीलाई पूर्वी, मध्य र पश्चिमी मार्गबाट उत्तरी चीनका सुख्खा क्षेत्रमा लैजान्छ । यो विश्वमै सबैभन्दा ठूलो आयोजना पनि हो ।
परियोजनाको निर्माणलाई सहज तुल्याउन धेरै चिनियाँ परिवारहरु बसाई सर्नु परेको थियो । उनीहरुलाई नयाँ घरमा पुनस्र्थापित गराइएको थियो र त्यहाँ उनीहरुले नयाँ जीवन शुरु गरेका थिए । सीपीसी केन्द्रीय कमिटीका महासचिव समेत रहनु भएका राष्ट्रपति सी चिनफिङले बिहीबार उक्त स्थानको निरीक्षणका क्रममा केही पुनस्र्थापित परिवारसँग प्रत्यक्ष भेटवार्ता गरी नयाँ ठाउँको बसोबासका लागि शुभकामना दिनु भएको थियो । उ
नीहरुको बलिदान ठूलो फाइदाका लागि हो र यसले चिनियाँ राष्ट्रको परम्परा र चिनियाँ विशेषताको समाजवादी प्रणालीको क्षमता दुबैलाई दर्शाउँछ । यस वर्ष गणतन्त्र चीन स्थापनाको शतवार्षिकोत्सव मनाउने क्रममा सीपीसीको स्थापना आफ्ना स्वार्थका लागि मात्र भएको थिएन, बरु मानिसको सुखी जीवनका लागि सक्षम बनाउन थियो ।
“जनता नै राज्य हो,” राष्ट्रपति सी ले भन्नुभयो । सीपीसी प्रशासनको अन्तर्निहित उद्देश्यबारे प्रकाश पार्दै उहाँले जनताको मुहारमा खुशी ल्याउनु र उनीहरुका आकाँक्षा पूरा गर्नु हो भन्नुभयो । समय र परिस्थितिमा परिवर्तन आएसँगै दक्षिण–उत्तर पानी डाइभर्सन परियोजनालाई थप विकास गर्नुपर्ने खाँचो छ । राष्ट्रपति सी ले अध्यक्षता गर्नु भएको गोष्ठीको मूल ध्यान पनि यसैमा केन्द्रित छ ।
जन–केन्द्रित विकास दर्शन कुनै अमूर्त, उदासीन अवधारणा होइन, तर स्थायी समाधानको मार्ग हो । सीपीसीले यस दर्शनलाई मनगढन्ते वा ओठे काममा मात्र लगाउँदैन बरु सामाजिक र आर्थिक विकासका सबै क्षेत्रमा आफूलाई पूर्णतः केन्द्रित गर्नेछ ।
तपाईको प्रतिक्रिया