चुरोट पिउँदै स्यानिटाइजर लगाउँदा कारमा आगलागी

समाधान संवाददाता २०७८ जेठ २ गते १०:४३

एसोसियट प्रेस, न्युयोर्क

Advertisement

अमेरिकाको मेरिल्यान्डमा एक व्यक्तिले चुरोट पिउँदै स्यानिटाइजर दल्न खोज्दा कारमा आगो लागेको छ। न्युयोर्क पोस्टका अनुसार, ह्यान्ड स्यानिटाइजर दल्दै गर्दा कारमा आगो लागेको हो। यसअघि टेक्सासमा एक महिलाले स्यानिटाइजर हातमा दल्दै मैनबत्ती बाल्न खोज्दा उनको हात जलेको थियो। स्यानिटाइजरमा अल्कोहलको मात्रा अधिक हुने हुनाले आगोले छिट्टै टिप्ने गरेको छ।

तपाईको प्रतिक्रिया