रवीन्द्र अधिकारीको काज किरिया आज सकिँदै
समाधान संवाददाता
२०७५ फागुन २१ गते ८:११

समाधान
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया मंगलबार ७ औं दिनमा सकिँदै छ । जन्म र मृत्युका हाम्रा संस्कारलाई समय अनुकूल बनाउनुपर्छ भन्ने अधिकारीको इच्छा अनुसार परिवारले ७ दिनमा नै काजकिरिया सक्न लागेको हो ।
अधिकारीको शवयात्रामा सहभागी र श्रद्धाञ्जली अर्पण गर्न प्रदर्शनी केन्द्र तथा रामघाटमा आएकाहरुलाई मालेपाटन, जनप्रियटोलमा मंगलबार उपस्थित हुन परिवारले आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले अधिकारीको ७ औं दिनको पुण्यतिथिमा बिहान ८ बजे अधिकारी निवासमै श्रद्धाञ्जली सभा गर्ने भएको छ ।
मन्त्री अधिकारीको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीको राजकीय सम्मानमा साथ पोखराको सेतीनदी किनार रामघाटमा फागुन १७ गते अन्त्येष्टि गरिएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया