प्रगतिशील शैक्षिक परामर्श संघ गण्डकीमा क्षेत्री

समाधान संवाददाता २०७८ चैत १२ गते १७:३१

पोखरा ।
नेकपा एमाले निकट शैक्षिक परामर्श व्यवसायीहरुको संगठन प्रगतिशील शैक्षिक परामर्श संघ (पिक्यान) गण्डकी प्रदेशको प्रथम सम्मेलन तथा अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले प्रगतिशील शैक्षिक परामर्श संघका संस्थापक सदस्य भुवन क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।

Advertisement


कमिटिको उपाध्यक्षमा देवराज शर्मा, सचिवमा विकास गौतम, उपसचिवमा सुनील पराजुली र ओम प्रकाश गैह्रे, कोषाध्यक्ष गणेश कोइराला चयन भएका छन् । सदस्यमा राजु गोर्खाली, विश्वकल्याण अधिकारी, अनिल गौतम, लक्ष्मी अधिकारी, पवित्रा थापा मगर, सुरेन्द्र बराल र प्रकाश अधिकारी चयन भए ।


अधिवेशनले प्रदेश कमिटीमा पदेन सदस्य रहने गरि जिल्ला संयोजकहरुको पनि टुंगो लगाएको छ । जस अनुसार तिलक लामिछाने कास्की संयोजक, नन्दु पाइजा पुन म्याग्दी संयोजक, विश्वप्रकाश भुसाल तनहुँ संयोजक, मीलन पौडेल पर्वत संयोजक र नेत्र बिष्ट बागलुङ संयोजक चयन भए । गण्डकी प्रदेशबाट यस अगाडि नै केन्द्रीय सदस्यमामा सन्दीप अर्याल र युवराज पौडेलसँगै गण्डकी संयोजकमा भुवन क्षेत्री र सहसंयोजकमा अधिवक्ता देवराज शर्मा काठमाडौंमा सम्पन्न केन्द्रीय भेलाबाट चयन भएका थिए ।


नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मि आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । करिब ५० भन्दा बढी शैक्षिक परामर्श ब्यबसायीहरुको उपस्थितिमा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि रश्मि आचार्यले अबका दिनमा परामर्श व्यवसायीहरु विद्यार्थीलाई बाहिर अध्ययनको लागि पठाउने मात्र होइन बाहिरका विद्यार्थीहरुलाई नेपाल भित्र्याई गण्डकी प्रदेशको राजधानी पोखरासंगै नेपाललाई शैक्षिक हबको रुपमा विकास गराउन अपिल गरे ।


नेपाली विद्यार्थीलाई विकसित देशहरूमा उच्च शिक्षा अध्ययनका लागि सहजीकरण गर्ने शैक्षिक परामर्श व्यवसाय सेवामूलक र स्वरोजगार सहितको व्यवसाय भएको हुँदा यसलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्नेमा नवनिर्वाचित अध्यक्ष क्षेत्रीले जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया