काठमाडौं वल्ड स्कुल विद्यार्थी खोज्दै पोखरा

समाधान संवाददाता २०७९ वैशाख ३ गते १९:५७

पोखरा ।
काठमाडौं वल्ड स्कुल विद्यार्थी खोज्दै पोखरा आइपुगेको छ । विद्यालयको भावि योजना, गुणस्तरीय शिक्षा र विद्यालयले शैक्षिक अवस्थाको बारेमा जानकारी दिँदै शनिबार पोखरा आइपुगेको हो । गुणस्तरीय शिक्षाका लागि दैनिक लाखैं विद्यार्थी विदेश पलायन भइरहेको बेला अन्तराष्ट्रिय विद्यार्थीको गन्तव्य बनाएको दाबी गर्दै विद्यालय व्यवस्थापन टिम देश दौडाहमा हिँडेको छ । यसअघि विद्यालयको अवस्थाको बारेमा जानकारी दिँदै चितवन, भैरव, बटुवल पुगिसकेको छ ।

Advertisement


विद्यालयलले गुणस्तरिय शिक्षाको त्यो अभाव पनि पूरा गरेको छ, काठमाडौं वल्ड स्कुलले । भक्तपुरबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको स्कुलले भक्तपुर सूर्य विनायक ७ गुन्डुमा अन्तर्राष्ट्रिय स्तरको भौतिक सुविधासहित युग सुहाउँदो शिक्षामा फड्को मारेको हो ।


गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि काठमाडौं वल्ड अगाडि छ । विद्यालय स्तरकै गुणस्तरीय शिक्षाका लागि थुप्रै बालबालिका यतिवेला काठमाडौं वल्ड स्कुल पुगका छन् । पोखराबाट पनि केही विद्यार्थीहरुको रोजाइमा स्कुल परेको छ । पोखराबाट अमर गुरुङले आफ्नो छोरी ए लेभल पढ्दै गरको बताए । उनले आफू छोरीको प्रोगेस देखेर खुसी भएको सुनाए । ‘विद्यालयले सुधार गर्नुपर्ने पनि धेरै छन् । तर, जसरी विद्यालयले गुणस्तरीय शिक्षा दिन खोजेको छ । यसमा अभिभावको आँखाले म खुसी छु,’ अभिभावक गुरुङले भने ।


विद्यालयका प्रिन्सिपल केशर खुलालका अनुसार पोखराबाट विद्यार्थीहरु विद्यालयमा अध्यापन गर्न पुगको बताए । उनका अनुसार विद्यालयमा ७७ जिल्लाबाट विद्यालयमा अध्यान गर्न पुगको सुनाए । ‘भवन फाइभ स्टार होटलको जस्तो छ । भवनबाहिर विद्यार्थी खेल्न धेरै खुला ठाउँ छ । खेलकुदका मैदानहरु छन् । फुटबल, बास्केटबल, लनटेनिसका मैदान र कोर्टमात्रै होइन अन्तराष्ट्रिय स्तरको सेवा सुविधा सम्पन्न स्कुल सञ्चालन भएको छ,’ उनले भने ।


भौतिक संरचनामा मात्रै नभई गुणस्तरीय व्यावहारिक शिक्षामा आफूहरुको जोड रहेको उनी बताउँछन् । भारतबाट समेत विद्यार्थी आएर अध्यान गर्न आएको उनले सुनाए । ‘विद्यार्थीको अध्यानमा कुनै कप्रोमाइज गरका छैनौं । अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिइरहेका छौं । यसका लागि दक्ष र अनुभव शिक्षक तथा कोअर्डिनेटर हुनुहन्छ,’ उनले भने, ‘विद्यार्थी पढ्ने कक्षा कोठा फराकिला, उज्याला र सुविधासम्पन्न छन् ।

Advertisement


प्रयोगशाला उपकरणले सुसज्जित छन् । क्यान्टिन हाइजिङमा जोड दिएको छ ।’ स्कुलमा देश भरीबाट अध्ययान गर्न आउने विद्यार्थीका लागि स्टान्डर होस्टेलको रहेको उनको दाबी छ । ‘पहिला हामी विद्यार्थीको सिक्ने कला बुझ्छौं, अनि त्यसै अनुसार सिकाउँछौं,’ उनले भने ।


तपाईको प्रतिक्रिया