निवृत्त शिक्षकको संगठन विस्तार अभियान

पोखरा l
निवृत्त शिक्षक समुदाय कास्कीले संगठन विस्तार गर्ने योजनाअघि सारेको छ । पोखरा महानगरपालिका वडा नं. २६ देखि ३३ सम्मका ६ वटा वडालाई समावेश गरेर हरेक वडाबाट कम्तीमा एक जनाको प्रतिनिधित्व हुने गरी समन्वय समिति गठन गरिएको छ ।
समितिमा बद्रिनाथ अधिकारी, शक्तिबल्लभ सिग्देल, टीकाराम पाण्डे, रामचन्द्र पौडेल, विष्णुप्रसाद तिवारी, ईन्द्रप्रसाद जैसी, माधवप्रसाद पौडेल, नारायण ओझा, भोजराज अधिकारी, उमाप्रसाद तिवारी, हरिश्चन्द्र अधिकारी र कृष्णप्रसाद पौडेल छन् ।
रुपा गाउँपालिकामा संस्था विस्तारका लागि नारायणराज घिमिरे, बुद्धि घिमिरे, नारायण ओझा, रामराज पगेनी, गोविन्दप्रसाद पगेनी र सल्लाहकार बुद्धि गिरी बिह्वल लगायत रहेको आयोजक समिति बनाइएको छ । परिचयात्मक र नव वर्षको शुभकामना आदानप्रदानसहित भएको कार्यक्रमका संस्थाको भित्ते पात्रो, फोन डायरी र विधान वितरण गरिएको छ ।
संस्थाका कास्की अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रामजीप्रसाद पौडेल, नेपाल निवृत्त समाजका केन्द्रीय उपाध्यक्ष तोयनाथ लामिछाने, रामप्रसाद तिमिल्सेना, फणीन्द्रमोहन अधिकारी, लोकराज शर्मा, रुद्रनाथ अधिकारी, रत्नमाया तिवारी, विष्णुकुमार तिवारी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया