विपन्न विद्यार्थीलाई सित्तैमा खाद्यान्न

पोखरा l
नेकपा एमाले निकट उद्योगी, व्यवसायीको संस्था नेपाल राष्ट्रिय उद्योगी व्यवसायी महासंघलेस्थापना दिवसको अवसरमा १ विपन्न विद्यार्थीको खानापिनाको जिम्मा लिएको छ । महासंघको ११ औं स्थापना दिवसको अवसर पारेर महासंघको गण्डकी प्रदेश र कास्की जिल्ला समितिले संयुक्त रुपमा यो सहयोग प्रदान गरेको हो ।
पोखराको पुरन्चौर स्थित कृषि क्याम्पसमा बिएस्सी एजी पढ्दै गरेका पर्वतका विपन्न विद्यार्थी सन्तोष पौडेललाई उनले स्नातक तह उत्तर्णि नगरुन्जेलसम्म के खाने भन्ने चिन्ता लिनु नपरोस् भनेर सहयोग गर्ने निर्णय गरेको राष्ट्रिय उद्योगी व्यवसायी महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बताए ।
पढाइमा जेहेन्दार विपन्न परिवारका सदस्य सन्तोषलाई साँझ ब्हिान खानकै समस्या रहेको एमाले नेता दीपक पौडेलले जानकारी दिएपछि उनलाई ३ वर्षसम्म खाद्यान्न सहयोग गर्ने निक्ष्कर्षमा पुगेको महासंघ कास्की अध्यक्ष कृष्ण तिवारीले बताए । शनिबार पुरन्चौरको भारती भवन माविमा एक समारोह आयोजना गरी पूर्व शिक्षकसमेत रहेका एमाले नेता पौडेलले ती विद्यार्थीलाई खाद्य सामग्री हस्तान्तरण गरे । पहिलो चरणमा ३ महिनाका लागि पुग्ने खाद्य सामग्री हस्तान्तरण गरिएको छ । महासंघका प्रदेश अध्यक्षले खाद्यान्न सकिनासाथ पुनः उपलब्ध गराइने बताए ।
तपाईको प्रतिक्रिया