गोल्डेन नेचर स्कुलमा हस्तलेखन प्रतियोगिता
समाधान संवाददाता
२०७९ असार १४ गते ११:३६
पोखरा ।
पोखरा ३० खुदी ढुंगेपाटन अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच अंग्रेजी हस्तलेखन प्रतियोगिता गरेको छ ।
प्रतियोगितामा सोफिया लामिछाने प्रथम, सोनिया गर्बुजाले द्वितीय, सम्झौता भण्डारी तृतीय र अञ्जला खाँड ठकुरी र दिया थापामगर सान्त्वना भए । विद्यार्थीमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले कार्यक्रम भएको हो । कार्यक्रमको संयोजन शिक्षकद्वय सोमनाथ कँडेल र सुरेश लामिछानेले गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया