कालिका आधारभूतमा विद्यालय व्यवस्थापन समिति

समाधान संवाददाता २०७९ साउन १६ गते १२:१६

पोखरा ।
पोखराको प्रवेशद्वार पोखरा ३२ मजुवास्थित कालिका आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति सदस्य एवं शिक्षक अभिभावक संघका पदाधिकारी चयन गरिएको छ ।

Advertisement

शनिबार आयोजित अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका सदस्यमा शान्ता विक, अप्सरा थापा र गीतामाया नेपालीलाई चयन गरेको छ । शिक्षक अभिभावक संघको अध्यक्षमा मोहनकुमार प्रधान एवं सदस्यमा वीरबहादुर लामा, सोजना थापा, शोभा गुरुङ, मञ्जु विक, गोमा थापा र सावित्री नेपाली चुनिएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा भएको भेलामा पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत विश्वराज आचार्य, विद्यालय व्यवस्थापन समिति संस्थापक अध्यक्ष दलबहादुर गुरुङ, पूर्व प्रधानाध्यापक विष्णुबहादुर बस्नेत, प्रधानाध्यापक द्रोर्णराज सुवेदी, शिक्षक वसन्ती सुनार, सूर्यबहादुर गुरुङ लगायतले बोलेका थिए ।

हेल्मेट टापुका रुपमा परिचित प्रगतिशील सामुदायिक वनको काखमा २०४६ मा यो विद्यालय स्थापना भएको थियो । विद्यालयमा बालविकास(इसिडी)देखि कक्षा ८ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया