कन्या क्याम्पसमा तीजगीत प्रतियोगिता

समाधान संवाददाता २०७९ भदौ १२ गते १६:५८

पोखरा ।
कन्या क्याम्पस पोखराको आयोजनामा अन्तर कक्षा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा क्याम्पसका बिभिन्न कक्षाका ११ समूहले भाग लिएका थिए । क्याम्पसका प्रमुख अतिथी तथा सञ्चालक समिति सदस्य शिबलाल मल्लले सबै सहभागीलाई हार्दिक बधाई ज्ञापन गर्दै छात्राहरुको चौतर्फी विकासका लागि यस्तो कार्यक्रम निरन्तर आवश्यक रहेको बताए ।

Advertisement

क्याम्पसका सहायक प्राध्यापक दिननाथ अधिकारीको संयोजकमा भएको उक्त कार्यक्रममा निर्णायक मण्डलका प्रमुखमा लोक गायिका चन्द्रावती वाग्ले एवं सदस्यहरुमा दिननाथ अधिकारी र केशबशरण पराजुली रहेका थिए । प्रतियोगितामा बीबीएस दोश्रो बर्षका प्रतिक्षा अधिकारीको समूह प्रथम, बीबीएस तेश्रो बर्षका सृजना श्रेष्ठको समुह द्वितिय र बीआईएम पाचौं सेमेष्टरका एलिसा सुबेदीको समुहले तृतिय स्थान हासिल गरी सम्मानपत्र तथा मायाको चिनो पाएका थिए ।

उत्कृष्ट नृत्य प्रस्तुत गर्ने बीबीएस प्रथम बर्षका छात्रालाई निर्णायक मण्डलका प्रमुख चन्द्रावती वाग्लेबाट नगद पुरस्कार र मायाको चिनो प्रदान गरिएको थियो । उत्कृष्ट गीतका लागि क्याम्पसका प्राध्यापक डा नरहरी गौतम र बीएड दोश्रो बर्षका छात्राहरुलाई उत्कृष्ट नाटक प्रस्तुतीका लागि प्राध्यापक संघ सभापति डा भूमिराज बस्ताकोटीले नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा यूनिभर्सल लभ संस्थाको संस्थापक प्रमुख कार्यकारी निर्देशक तथा क्याम्पसका सहायक प्राध्यापक सजना गोदार, माल्कोलन र जोन मार्फत सांगीतिक प्रस्तुति सहित क्याम्पसलाई २ थान गितार पनि हस्तान्तरण गरिएको थियो । क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्र बहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया