उत्कृष्ट विद्यार्थीलाई विन्ध्यवासिनी क्याम्पसको सम्मान

समाधान संवाददाता २०७९ भदौ २१ गते १८:५६

पोखरा ।
हालै सार्वजनिक कक्षा १२ मा कास्की जिल्लामा उत्कृष्ट अंक ल्याएर विन्ध्यवासिनी क्याम्पस भर्ना हुने विद्यार्थीलाई सम्मान गरिएको छ । व्यवस्थापन संकायमा कास्कीमै उत्कृष्ट ३.७५ ग्रेड हासिल गरेका करुणानिधि माविका साहिल गुरुङ, भारती भवन मावि पुरञ्चौरका सीता सापकोटा र शुशीला नेपालीलाई क्याम्पसले भर्ना गरेपछि सम्मान गरेको हो ।

Advertisement

क्याम्पसले मंगलबार एक कार्यक्रममाझ स्वागत सहित उनीहरुलाई सम्मान गरेको छ । तीन उत्कृष्ट विद्यार्थीले विन्ध्यवासिनी क्याम्पसको अवलोकन पछि उच्च शिक्षाका लागि क्याम्पसमा भर्ना भएको क्याम्पसका लेखापाल भीमबहादुर गायकले बताए ।

उनीहरुलाई क्याम्पस प्रमुख विजय शर्मा, प्राध्यापक भोजबहादुर थापा, क्याम्पसका सूचना अधिकारी माधव अधिकारी, क्याम्पस सञ्चालक समितिका सदस्य नवीन अधिकारी र लेखापाल भीमबहादुर गायकले मायाको चिनो सहित अबिर र खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यार्थी साहिल गुरुङले सरकारी स्तरमा विन्ध्यवासिनी क्याम्पसले छुट्टै इतिहास कायम राखेको बताए । क्याम्पस प्रमुख शर्माले विन्ध्यवासिनी क्याम्पसले गुणस्तरीय शिक्षाका लागि सबै पक्षसँग समन्वय गरेका कारण उत्कृष्ट बनेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया