पोखरा विश्वविद्यालयमा ‘लाइफ लङ लर्निङ’ तालिम

समाधान संवाददाता २०७९ भदौ २३ गते १३:३७

पोखरा ।
पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय स्कुल अफ इन्जिनियरिङको ‘लाइफ लङ लर्निङ’ १ हप्ते तालिम सुरु भएको छ । सात दिन सञ्चालन हुने तालिम तीन दिन भौतिक र चार दिन भर्चुअल हुनेछ । तालिममा विभिन्न संघ संस्थाबाट सहभागी छन् ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले किताबमा भएको ज्ञानलाई व्यवहारमा नउतार्ने हो भने त्यसको महत्व नहुने बताए । बेला बेलामा सञ्चालन हुने यस्ता तालिमले दैनिक जीवनलाई सहज हुने बताए ।

Advertisement


स्कुल अफ इन्जिनियरिङका निर्देशक ओमप्रकाश गिरीले स्वागत मन्तव्य दिदैं तालिमको महत्व प्रकाश पारे । तालिममा विद्यालयका प्राडा विनयकुमार मिश्र, प्राडा माधवप्रसाद कोइराला, डा राजीव पोखरेल, गण्डकी विश्वविद्यालयका रवी भण्डारी, पोखरा इन्जिनियरिङ कलेजका सोम गुरुङ, नेत्रनन्द साहु, डा पंकज कुमारले तालिम प्रदान गर्नेछन् । कार्यक्रम सञ्चालन सह प्रा अर्जुन गौतमले गरेका थिए ।

तपाईको प्रतिक्रिया