भद्रकाली क्याम्पस अध्यक्षमा माधव

समाधान संवाददाता २०७९ असोज २ गते १०:४४

पोखरा ।
पोखरा १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सञ्चालक समिति अध्यक्षमा माधवप्रसाद सिग्देललाई चयन गरेको छ । शनिबार भएको अधिवेशनबाट सदस्यमा जयप्रसाद सापकोटा, शोभाकान्त सिग्देल, विष्णु कार्की, बलराम बराल, भीमप्रसाद न्यौपाने र प्रदीपकुमार लम्साल चुनिए । सो अवसरमा पोखरा १३ का वडाध्यक्ष किरण बरालले क्याम्पसको संरक्षक बन्ने घोषण गरे ।

Advertisement

१७ वर्ष अमेरिका बसाइमा टिकटकमा पनि ख्यातिप्राप्त गरेका डा. सन्तोष सापकोटाले टिकटकबाटै प्राप्त एक महिनाको आम्दानी बराबरको रकमले क्याम्पसमा अक्षयकोष स्थापना गर्ने घोषणा गरे । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष विश्वप्रकाश सिग्देलले क्याम्पसका प्राध्यापकको सिनेटरमा रुचि बढेकाले सबैको अपनत्व बढ्दै गएको प्रशंसा गरे । वडाध्यक्ष बरालले आफ्नो कार्यकालभित्र जसरी पनि क्याम्पसलाई जग्गा खोजी भौतिक निर्माणको सुरुवात गर्ने वचनवद्धता गरे ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष बजिरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रा तारा बराल, भद्रकाली मावि व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर कार्की, सिनेटरको तर्फबाट रामगोपाल ढेवाजु, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, क्याम्पसका प्रमुख नवराज रेग्मी, भद्रकाली माविका प्रधानाध्यापक राजेन्द्र भण्डारी, भद्रकाली बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति लोकचन्द्र खनाल, सत्यदेवी आमा समूहकी अध्यक्ष जमुनादेवी श्रेष्ठ, क्याम्पस सञ्चालक समिति सदस्य शरदकान्त सिग्देल र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सापकोटाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया