अमरसिंह पूर्व विद्यार्थी एसोसिएसनमा बास्तोला

पोखरा ।
पोखरा १२ रामघाटमा रहेको अमरसिंह मावि, भूतपूर्व विद्ययार्थी एसोसियसनको ११ औं अधिवेशनले आगामी कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा विष्णुप्रसाद तिमिल्सिना, उपाध्यक्षमा राजेन्द्र राज बस्ताकोटी, सचिवमा महेन्द्र भुर्तेल, सहसचिवमा लीलाधर अधिकारी र कोषाध्यक्षमा शशी भूर्तेललाई छानेको छ । त्यस्तै कार्यसमिती सदस्यहरुमा लक्ष्मी गुरुङ, सूर्यप्रसाद तिमिल्सिना, ज्योति तामाङ, अमृत बराल, नवीन श्रेष्ठ र कृष्ण गिरि चुनिएका छन् ।
अधिवेशनको उदघाटन अमरसिंह माविका प्रधानाध्यापक तेजस्बी बरालले गर्दै अमरसिंह माविको शैक्षिक तथा भौतिक विकासमा भूपू विद्यार्थी एसोसियसनको महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा अमरसिंह मावि भूपू विद्यार्थी एसोसियसनका संस्थापक अध्यक्ष बोधराज घिमिरेले अमरसिंहमाविको शैक्षिक अवस्था सन्तोषजनक रहेपनी बाहिरी भौतिक संरचना भने कमजोर हुँदै गएकोले अब यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।
एसोसियसनका पूर्व अध्यक्ष डा.चन्द्रबहादुर गुरुङले अमरसिंह माविको शैक्षिक उन्नतिलाई बचाई राख्न पूर्वविद्यार्थी एसोसियसनले पनि जिम्मेवारी लिनुपर्ने बताए । कार्यक्रममा पोखरा विश्व विद्यालयका उपप्राध्यापक युवराज त्रिपाठी, ग्लोबल कलेजियट उच्च माविका प्रधानाध्यापक बाबुराम पन्त, समाजसेवी सु.मेजर ज्ञानबहादुर गुरुङ लगायतले अमरसिंह मावि नेपालकै एक नमुना मावि भएकाले यसको साख सधै उच्च रहनुपर्नेमा जोड दिए ।
अमरसिंह मावि भूपू विद्यार्थी एसोसियसनका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले स्वागत तथा सचिव राजेन्द्रराज बस्ताकोटीले कार्यक्रम सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया