कालिका क्याम्पसमा कार्यशाला

पोखरा ।
काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसले शनिबार परियोजना लेखन कार्यशालाको आयोजना गर्यो । व्यवस्थापन संकाय स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीका लागि कार्यशालाको आयोजना गरिएको क्याम्पस प्रमुख विरञ्जी गौतमले बताए ।
परियोजना लेख्न विद्यार्थीलाई सहज होस् भन्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो । ‘कार्यशालाले विद्यार्थीमा रहेको सैद्धान्तिक ज्ञानलाई कसरी व्यवहारमा उतार्ने र विभिन्न संघ, संस्थाले यसलाई कसरी प्रयोग गर्दा रहेछन् भन्ने ज्ञान प्रदान गर्छ,’ गौतमले भने ।
कार्यशालामा शीर्षक तथा संगठन छनोटसम्बन्धी अनुसन्धान समिति सदस्य सुनील कोइराला र रिपोर्ट फम्र्याटसम्बन्धी समितिका सदस्य बोधराज पौडेलले सहजीकरण गरे ।
तथ्यांक संकलन र तथ्यांक विश्लेषणबारे समितिका संयोजक रेवतीरमण घिमिरे, बिबियोग्राफी, रिफ्रेन्स, लिटरेचर रिभ्युसम्बन्धी समितिका सदस्य सन्तोषमणि लामिछानेले प्रकाश पारे । परियोजना लेखन त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको चौथो वर्षमा ५० पूर्णांकको विषय हो ।
तपाईको प्रतिक्रिया