गण्डकी बहुप्राविधिकमा वादविवाद

समाधान संवाददाता २०७९ कार्तिक १८ गते १२:४६

पोखरा ।
गण्डकी बहुप्राविधिक शिक्षालय, भण्डारढिकमा वादविवाद प्रतियोगिता भएको छ । ‘सामाजिक सञ्जाल अभिशाप कि वरदान’ शीर्षकको प्रतियोगितामा स्मृति गिरी प्रथम बनिन् । ममिता विक द्वितीय र शर्मिला सुनार तृतीय बने ।

Advertisement

कार्यक्रममा शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले पनि आफूलाई विविध विषयमा सहभागी गराउँदै व्यक्तित्व विकास गर्दै जानुपर्ने धारणा राखेका थिए । उनले अभिव्यक्ति क्षमता एवं तार्किक क्षमता हरेक व्यक्तिमा अपरिहार्य हुने उल्लेख गरे ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत ३ दिन चल्ने कार्यक्रमको सुरुआती चरणमा वादविवाद भएको हो । कार्यक्रममा पहिलो सेमेस्टारदेखि चौथो सेमेस्टारका विद्यार्थीको सहभागिता रहेको शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले जानकारी दिए । वादविवादमा १८ जना सहभागी थिए ।

सञ्जीव पौडेलको संयोजकत्वमा राम गुरुङ सदस्य रहेको निर्णायक समितिले उत्कृष्ट प्रतियोगी चुनेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया