पोखरा विश्वविद्यालयमा अभीमुखिकरण

पाेखरा ।
हल्ट प्राइज पोखरा विश्वविद्यालयको २०२२/२०२३ का लागी अभीमुखिकरण कार्यक्रम सुरू भएको छ । स्कूल अफ़ बिज़नेस संकायमा आइतबार पहिलो अभिमुखिकरण भएको छ । कार्यक्रममा १०० भन्दा बढि विद्यार्थीको उपस्थिति थियो ।
कार्यक्रममा हल्ट प्राइजका सम्बन्धमा जानकारी दिइएको विद्यालयका डायरेक्टर सूरजराज केशरीले बताए । कार्यक्रमले विद्यार्थीलाई हौसला मिलेको उनले भने ।
आइतबारबाट सुरू भएको कार्यक्रम स्कूल अफ हेल्थ एंड साइंस ,स्कूल अफ इंजीनियरिंग, स्कूल अफ़ डेपलमेन्ट एंड सोशल इंजिनियर संकायमा अब सिलसिला रूपमा हुने जानकारी डिप्यूटि विद्यालयका डायरेक्टर रिवाज भूर्तेलले जानकारी दिए ।
विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।
२०२३ को हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिंग फेसन’ रहेको छ।
तपाईको प्रतिक्रिया