विद्यार्थीलाई अंगरक्षक तालिम

पोखरा ।
गुरु फिजिकल ट्रेनिङ सेन्टरको आयोजना र पोखरा महानगपालिका र पोखरा ३२ वडा कार्यायलयको सहयोगमा अंगरक्षक तालिम तथा कानुनी सचेतना सुरु भएको छ ।
पोखरा ३२ राजाको चौतारामा रहेको बह्मा रुपा माध्यमिक विद्यालयका विद्यार्थीलाई एकहप्ते तालिम दिइँदै छ । कार्यक्रममा सांसद डा ढाकाकुमार श्रेष्ठले युवालाई कानुनी ज्ञानसमेत जरुरी हुने बताए ।
श्रेष्ठले अहिले युवा सबै विदेश पलायन भएको कारण देशमा विकासले गति लिन नसकेको सुनाए । रोजगारीको व्यवस्था गरेर देशमा नै युवालाई काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले यस्ता कार्याक्रमले समाजमा सकारात्मक प्रभाव पर्ने बताए । ढोडबेंसी युवा क्लबका अध्यक्ष घनश्याम धमला र चौतारी युवा क्लबका अध्यक्ष सूर्य पौडेलले युवालाई खेलकुदमा जोड्नुपर्ने भन्दै समाजमा अंगरक्षक तालिम र कानुनी सचेतनाको खाँचो औंल्याए ।
गुरु फिजिकल ट्रेनिङ सेन्टरका सञ्चालक सुरेशराज अधिकारीले विद्यार्थीले कार्यक्रममा सिकेको सीप र ज्ञान समाजमा बाँड्नुपर्ने बताए । उनले अहिलेको समयमा समाजमा कानुनी चेतनाको खाँचो रहेको बताए । ६ देखि कक्षा १२ कक्षासम्मका विद्यार्थीलाई तालिम दिइनेछ ।
तपाईको प्रतिक्रिया