सराङकोट सहकारीको सहयोग

पोखरा ।
सराङकोट बहुउद्देश्यीय सहकारीले १६ औँ वार्षिकोत्सवको अवसरमा राम मन्दिर ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गरेको छ ।
वार्षिकोत्सवको अवसरमा त्रिदीवसीय कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा, द्यिार्थीलाई न्यानो कपडा र ज्येष्ठ नागरिक केन्द्र गगनगौँडालाई भौतिक सामग्री वितरण गरिएको उपाध्यक्ष वसन्तबहादुर बाँनियाले बताए ।
संस्थाले स्थापनादेखि समुदाय केन्द्रित रेडियो सराङकोटको प्रसारण, ७० करोडको कारोबारमार्फत बचत तथा ऋणसँगै सदस्य केन्द्रित सामाजिक उत्तरदायित्वका रचनात्मक क्रियाकलाप गर्दै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
राम मन्दिर जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष अर्जुनबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सहसचिव मायाकुमारी शर्मा, सल्लाहकार ईन्द्रकमल मानन्धर, सञ्चालक सदस्य आरती श्रेष्ठ, महिला समिति सदस्य राधिका थापा, व्यवस्थापक सुरेन्द्र थापा, रेडियोका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया