गोल्डेन नेचर स्कुलको वार्षिकोत्सव

समाधान संवाददाता २०७९ पुष १२ गते ११:१७

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं ३० खुदीमा रहेको गोल्डेन नेचर बोर्डिङ स्कुलले विविध कार्यक्रमका साथ २८ औं वार्षिकोत्सव मनाएको छ ।

Advertisement

गत वर्ष कोरनाका कारण वार्षिकोत्सव नमनाएको गोल्डेनले गत शैक्षिक सत्रको पुरस्कार वितरण, विभिन्न विधाका क्रियाकलाप र सांस्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले हरेक मानिससँग कुनै न कुनै विशेषता र प्रतिभा भए हुने भएकाले विद्यालयले विद्यार्थीमा भएको प्रतिभालाई प्रस्फुटन गराउनका लागि काम गर्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुक्तिनाथ रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल प्रेमप्रसाद शर्माले वार्षिक कार्यक्रम र भावी योजनाबारे प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया