न्यु लाइट मावि ३१ वर्षमा

समाधान संवाददाता २०७९ पुष १२ गते १२:३५

लेखनाथ ।
पोखरा ३० शिशुवामा रहेको न्यु लाइट माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ३० औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रिन्सिपल बुद्धिप्रसाद बास्तोलाले भावी योजनाबारे प्रकाश पारे ।

Advertisement

अभिभावक शवराज सुवेदीले समयसापेक्ष प्राविधिक शिक्षा हुनुपर्ने बताउँदै विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप समाज रुपान्तरण र देशको उन्नति र विकासका लागि सहयोगी हुनुपर्नेमा जोड दिए ।

विद्यालयका निर्देशक नवीनकुमार देवानको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक वीरबहादुर लामा, पूर्व विद्यार्थी विदुर पगेनी, माध्यमिक तहका संयोजक रामकृष्ण कोइराला, शैक्षिक प्रशासन प्रमुख अरुणचन्द्र सुवेदी, कक्षा १० की छात्रा युरिका सुवेदी लगायतले बोलेका थिए ।

समारोहमा शैक्षिक सत्र २०७६, ०७७ / ०७८ को शैक्षिक पुरस्कार वितरण तथा विविध विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया