कविता प्रतियोगितामा सदीक्षा पहिलो

पोखरा ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १ सय ३९ औं जन्म जयन्तीको उपलक्ष्यमा बुधबार आयोजित विद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्श माविकी सदीक्षा सुवेदी प्रथम भएकी छन् ।
विभिन्न विद्यालयका १८ जना विद्यार्थी सहभागी प्रतियोगितामा त्रिभुवन शान्ति माविकी रश्मि गौतम द्वितीय, डायमन्ड माविकी अनुषा लामिछाने तृतीय तथा शीतलादेवी माविका अनुराग सापकोटा र अमर सिंह माविकी करुणा काफ्ले सान्त्वना बने ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख डा. कुसुमाकर न्यौपाने, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपीराज पौडेल, डायमन्ड माविका निर्देशक माधवशरण उपाध्याय, अलिमिया लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, लेखनाथ लायन्सका अध्यक्ष तिलकशाली सापकोटा, सचिव चिरञ्जीवी तिवारी, कार्यक्रम संयोजक शिव लामिछान लगायतले बोलेका थिए ।
प्रतियोगिताका विजयीलाई पुस १५ गते अर्घौैंअर्चलेमा हुने लेखनाथ जयन्ती मुल समारोहमा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया