वक्तृत्वकला प्रतियोगितामा छोरेपाटन मावि प्रथम

पोखरा ।
निवृत्त शिक्षक समुदायको आयोजनामा शनिबार माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता भएको छ । माघ २८ गते हुने निवृत्त शिक्षक समुदाय कास्कीको रजत जयन्तिको पूर्वसन्ध्यामा प्रतियोगिता गरिएको हो ।
नवप्रभात माध्यमिक विद्यालय नयाँबजारका अध्यक्ष छबिलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका १८ विद्यालयको सहभागिता थियो ।
प्रतियोगितामा छोरेपाटन माविका गायत्री गौतम प्रथम, महेस्वरी माविका आकांक्षा बराल दोस्रो, महेन्द्र माविका बिशाल खड्का तेस्रो भएको समुदायका सचिव शेसकान्त आचार्यले जानकारी दिए ।
कालिका मावि, संस्कृत मावि र अमर सिंह माविका क्रमस वासना सुबेदी, सौरब पौडेल र सदिक्षा पौडेलले सान्त्वना स्थान प्राप्त गरेका थिए । विजेतालाई क्रमस १० हजार, ७ हजार, ३ हजार र सान्त्वना पुरस्कार १ हजार प्रदान गरिएको आर्चायले बताए ।
नारायण परिश्रमीका संयोजक रामराज रेग्मी र भुवनेस्वर शर्मा मुल्यांकन टोलिमा थिए । सल्लाहकार रामराज रेग्मी, क्षेत्रबहादुर कुँवर, दामोदर पराजुली, शिक्षक बामदेब पौडेल र उपाध्यक्ष नरबहादुर गुरुङले कार्यक्रमका बारेमा बोलेका थिए । कार्यक्रम सचिव आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रममा शिक्षक विद्यार्थी गरेर ९५ जना सहभागि थिए ।
तपाईको प्रतिक्रिया