प्रतिभा माविमा जुनियर रेडक्रस सर्कल गठन

समाधान संवाददाता २०८० वैशाख २७ गते १३:५७

पोखरा ।
पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयमा एलिस सुवेदीको नेतृत्वमा १३ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन भएको छ ।

Advertisement

सर्कलको उपाध्यक्षमा निरज पौडेल, कोषाध्यक्ष प्रतिक्षा बास्तोला, सचिव सुशान्त भुषाल र सहसचिव कञ्चन पौडेल छन् ।

सदस्यमा अदिष सुवेदी, विधान पौडेल, आशीष पौडेल, दिप्रशन शाह, कुञ्जन श्रेष्ठ, सुलभके भण्डारी, इभरग्रिन केसी र रोहन क्षेत्री छन् ।

शिक्षक नायकमा भोजराज ढकाल र सहनायकमा रोशन जिसी र संरक्षकमा विद्यालयका प्रिन्सिपल किरण सापकोटा छन् ।

नवगठित समितिलाई विद्यालयका प्रिन्सिपल तथा समितिका संरक्षक किरण सापकोटाले समितिको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे ।

Advertisement

विद्यालयको अतिरिक्त क्रियाकलाप अन्र्तगत माध्यमिक तहको अंगे्रजी वक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन छ । जसमा सुशान्त भुषाल, एलिस सुबेदी, समाएरा गुरुङ, र रोशनी गुरुङ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।

कक्षा १ कक्षा ५ सम्म टाइ रेस पनि भएको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेल जानाकारी दिए ।

कार्यक्रममा वरिष्ठ कलाकार दुर्गा बराल (वात्स्यायन)ले विद्यार्थीको आन्तर्निहित क्षमताको कदर गदै उनीहरुबाट निर्मित शैक्षिक सामग्री निर्माणबाट आफू अत्यन्त खुसी भएको सुनाए । विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीले आपूmमा रहेको अन्तर्निहित सिर्जनालाई पाठ्यपुस्तकमा समाहित पाठका आधारमा विभिन्न विषयका शैक्षिक सामग्री निमार्णले शिक्षण सिकाइसमेत प्रभावकारी हुने जनाए ।

विद्यालय सञ्चालन समिति अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा माइ सेकेन्ड टिचरकी कलाकार एलिसा राई, अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी र विद्यार्थीहरु सेरिना खत्री र जस्मिना मल्लले बोलेका थिए ।

तपाईको प्रतिक्रिया