माउन्ट अन्नपूर्ण विद्यालयमा तालिम

समाधान संवाददाता २०८० जेठ ३० गते १३:२७

पोखरा ।
माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले शिक्षक र विद्यार्थीलाई तालिम दिएको छ । स्कुलले शिक्षकलाई शिक्षण उत्कृष्टता, कक्षाकोठा व्यवस्थापन रणनीति, प्रविधिमैत्री शिक्षण सिकाउन तालिम आयोजना गरेको हो ।

Advertisement


कक्षा १० का विद्यार्थीको सिकाइ प्रभावकारी र सरल बनाउन प्रशिक्षण आयोजना गरिएको हो । परीक्षाको तयारी, पढेका विषयवस्तुबारे पनि प्रशिक्षण दिइएको छ ।


कार्यक्रममा सुवास पौडेल र विद्यालयका संस्थापक तेज गुरुङले प्रशिक्षण दिएका थिए । विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले प्रशिक्षणको औचित्यबारे प्रकाश पारे । कार्यक्रममा विद्यालयका संस्थापकहरु चीजकाजी गुरुङ, अशोक शाही, चित्र गुरुङले समेत शिक्षण सिकाइ प्रभावकारी बनाउने उपायबारे धारणा राखेका थिए ।


कार्यक्रमका सहभागीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरजप्रकाश प्रधानांगले प्रमाणपत्र वितरण गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया