मुस्ताङको ढाकरर्जुङमा युवालाई उर्जा मैत्री ‘ब्लक’ बनाउने सीपमूलक तालिम

समाधान संवाददाता २०८० असार ७ गते २१:१५

जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—५ ढाकरर्जुङमा गत सोमबारदेखि संञ्चालन गरिएको युवा लक्षित उर्जा मैत्री भवन निर्माणमा प्रयोग गरिने ‘ब्लक’ बनाउने ४ दिने तालिम बिहिबार सकिएको छ ।

Advertisement


वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आयोजना तथा युरोपेली युनियन अन्तर्गत स्वीच एसियन कार्यक्रम मार्फत बिल्डिङ्ग ईनर्जी ईफिसियन्सी ईन नेपाल (बिईईएन) परियोजनाको प्राविधिक सहयोगमा धाकार्जुङ गाउँको स्थानीय ढाकरजुङ्ग लुङबुक युवाक्लवका युवाहरुलाई उर्जा मैत्री भवन निर्माणमा टेवा पू¥याउन ‘ब्लक बनाउने तालिम दिईएको हो ।


वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत करिव ९ लाख रुपैया लागतको उर्जा मैत्री ब्लक बनाउने उपरकण खरिद स्थानीय क्लवलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए । उनले स्थानीय श्रोत साधनलाई सदुपयोग गरी युवाहरुलाई व्यवसायिक तथा आत्मनिर्भर तुल्याउन पालिकाले उक्त उपरकणसहितको सामाग्री उपलब्ध गराएको अध्यक्ष गुरुङको भनाई छ । गाउँपालिकाले समन्वय गरी स्थानीय स्तरमै प्राविधिक झिकाएर सीपमूलक तालिम दिएपछि स्थानीय युवाहरु उत्साहित बनेको अध्यक्ष गुरुङको भनाई छ ।


उर्जा मैत्री भवन निर्माण लगायतका संरचना निर्माण गर्न टेवा पू¥याउने उद्देश्यले सन् २०२२ फ्रेब्रुअरीदेखि परियोजना कार्यान्वयनमा आएको हो । परियोजना सन् २०२६ सम्म रहने बताईएको छ । यो परियोजनाका लागि २७ दशमलव १५ लाख युरो विनियोजन भएको छ । परियोजना अन्तर्गत बाग्मती,लुम्बिनी र गण्डकी प्रदेशका चारै जलवायु क्षेत्र समेटिने गरी ६० वटा स्थानीय तहमा सहकार्य गरिएको छ ।


परियोजनाले ४ वटा कार्यगत पक्षका माध्यमबाट विभिन्न सरोकारवालाको संलग्नतामा भवन क्षेत्रमा प्रणालीगत परिवर्तन गरी कार्बन उत्सर्जन कम गर्न र स्रोत प्रभावकारी भवन क्षेत्रको विकासमा सहजीकरण गर्दैआईरहेको जनाईएको छ ।
यसै प्रयोजनका लागि बिल्डिङ्ग ईनर्जी ईफिसियन्सी ईन नेपालले उर्जा मैत्री ईन्टरलक (ईट्टा) ब्लक बनाउने तालिम दिन मुस्ताङको वारागुङ मुक्तिक्षेत्रसंग सहकार्य गरेको परियोजनाका सिभिल ईन्जिनीयर सानुबाबु डंगोलले जानकारी दिए । उनका अनुसार जलवायु न्यूनिकरण तथा अनुकुलनका लागि अहिलेको आवश्यक वातावरणमैत्री भवन निर्माण अपरिहार्य रहेको बताए । स्थानीय श्रोत साधनलाई भरपुर उपयोग गर्ने गरी उर्जा मैत्री ईन्टरलक (ईट्टा) ब्लक बनाउने प्राविधिक तालिम निशुल्क उपलब्ध गराईएको उनले उल्लेख गरे ।

Advertisement

‘हामीले स्थानीय युवालाई सीपमूलक तालिम दिएका छौं, यसले वातावरण संरक्षण र कार्बन उत्र्सजनको क्षतिलाई न्यूनिकरण गराउँछ,उनले भने,‘ यो प्रविधि भूकम्पपछिको पूननिर्माणका लागि भोलुम टु मा प्राविधिक पक्ष सवल छ भनी सार्वजनिक गरिसकेको छ,यो ईट्टा र अन्य प्रविधिबाट बनाईएको ब्लक जस्तै भरपर्दो र विश्वसनीय हुन्छ ।’
परियोजनाको प्राविधिक तालिम मार्फत स्थानीय युवाहरुले अधिकतम् स्थानीय स्तरमा खेर गईरहेको माटोको विभिन्न प्रयोग गरी भवन निर्माण लगायतका सामाग्री तयार गर्नसक्ने बताईएको छ ।


गाउँपालिकाको आयोजना तथा परियोजनाको प्राविधिक सहयोगमा दिईएको ईन्टर लक (ईट्टा)ब्लक बनाउने तालिममा क्लवका १९ जना युवाहरुले सहभागीता जनाए । जसमध्ये २ जना महिला छन् । तालिमलाई परियोजनाका सिभिल ई. सानुबाबु डंगोल,परियोजना ईन्जिनीयर विशाल पाण्डे र बिल्डअप नेपालका प्राविधिक कुलबहादुर थापाले सहजीकरण गरेका थिए ।


गाउँपालिकाले अनुदान सहयोग गरेको उपकरणबाट २१ दिनमा पूर्ण रुपमा प्रयोगमा ल्याउन सकिने बताईएको छ । बालुवा र स्थानीय माटोलाई फिल्टर गरी आवश्यकता अनुसार न्यून मात्रामा सिमेन्ट मिश्रण गरी मिक्चर्समा घोलिन्छ । त्यसपछि ईन्टर लक ब्लक उपकरणमा राखेर केहीबेर उपकरणको सहायताले थिचेपछि ईन्टर लक (ईट्टा)ब्लक तयार हुन्छ । यसपछि ४८ घण्टासम्म पानी छर्किनुपर्छ । त्यसपछि २ साता बढी घाम सुकाएपछि ईन्टर लक ब्लक तयार हुने बताईएको छ । यसमा ९० प्रतिशत माटो र १० प्रतिशत सिमेन्टको प्रयोग हुन्छ ।


तालिममा सहभागी ढाकरर्जुङ लुङबुक क्लवका अध्यक्ष छिरिङ पाल्साङ गुरुङले ४ दिने तालिम उपलब्धिमूलक भएको बताए । उनले पालिकाको पीछडिएको गाउँका युवाहरुलाई व्यवसायिक र आत्मनिर्भर तुल्याउन पालिकाले गरेको प्रयास र परियाजनाको प्राविधिक सहयोगप्रति धन्यवाद व्यक्त गरे । यसैगरी क्लवकी सदस्य जयकला सुनारले तालिमपछिको सिकाईले आफुहरुलाई व्यवसायिक र वैकल्पिक रोजगार बनाउन आत्मविश्वाश जगाएको बताईन् । उनले अब क्लव मार्फतनै हामी लोकल ब्लक उत्पादन गछौं, सामाजिक संञ्जाल र अन्य माध्यमबाट प्रचार प्र्रसार गरेर प्राप्त सीपलाई लघु उद्यम विकासमा रुपान्तरण गर्न अग्रसर रहने जनाईन् ।

तपाईको प्रतिक्रिया