मदरल्यान्डका २ जनाको ४ जिपिए

पोखरा ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को बिहीबार सार्वजनिक नतिजामा पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयका २ जना विद्यार्थी जिपिए ४ ल्याउन सफल भएका छन् ।
आफ्नो विद्यालयका जोन रानामगर र सुदेश आचार्यले जिपिए ४ ल्याएको मदरल्यान्डका विद्यालय प्राचार्य नारायण बरालले जानकारी दिए । सुदेश बिरौटाका हुनु भने जोन नदीपुर बस्छन् ।
विद्यालयबाट एसइई परीक्षामा १ सय ५१ परीक्षार्थी थिए । ‘४ जिपिए ल्याएका जोन र सुदेश मदरल्यान्डमा सानैदेखि पढ्दै आएका थिए, उनीहरु पढाइमा निकै मेहनती र अनुशासित विद्यार्थी हुन्,’ बरालले भने । उनका अनुसार ३.६ देखि ४ जिपिए ल्याउने ७२ जना, ३.२ देखि ३.६ जिपिए ४६ जना, २.८ देखि ३.२ जिपिए ३१ जना तथा २.४ देखि २.८ जिपिए ल्याउने २ जना विद्यार्थी छन् ।
२०७५ सालको एसइईमा पनि मदरल्याण्डकै ७ जना विद्यार्थीले जिपिए ४ ल्याउन सफल भएका थिए ।
पोखराको मासबारस्थित मदरल्यान्ड माध्यमिक विद्यालय पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै सर्वोत्कृष्ट नतिजाको इतिहास कायम राख्न सफल भएको छ । यसको गतिलो उदाहरण हो–यसै वर्ष यहाँबाट उत्तीर्ण १४ विद्यार्थीले विश्वमा नाम चलेका विश्वविद्यालय तथा कलेजबाट उच्च शिक्षाको अवसर प्राप्त गरेका छन् ।
यस वर्ष कक्षा १२ मा विज्ञान संकायमा गण्डकीमै सर्वोत्कृष्ट नतिजा ल्याएका सम्राट ढुंगानासहित १४ विद्यार्थीले उच्च शिक्षाका लागि करिब ६० करोड बराबरको पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएको विद्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया