कास्की मोडनाइज्डमा स्वागत

पोखरा ।
पोखरा १४ स्थित कास्की मोडनाइज्ड एकेडेमीमा विद्यालय र कक्षा १२ का विद्यार्थीको संयुक्त व्यवस्थापनमा हालै कक्षा ११ मा भर्ना भएका व्यवस्थापन, विज्ञान र होटेल म्यानेज्मेन्टका नव आगन्तुक विद्यार्थीलाई स्वागत एवं अभिमुखीकरण गरिएको छ ।
कार्यक्रममा प्रत्येक विषयको आ–आफ्नो प्रकृति, भविष्य र सफल ढंगको अध्ययन पद्धतिका बारेमा शिक्षकहरु सुशील अधिकारी र खेम चालिसेले प्रकाश पारे । विद्यालयको नीति, नियम, संस्कार, अनुशासन जस्ता विषयमा +२ कोर्डिनेटर शिवलाल उपाध्यायले जानकारी दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा नेपालीले विद्यार्थीको पढाइ र गन्तव्य पहिल्याउने यात्रामा विद्यालय सधै मार्गदर्शक बन्ने जनाइन् ।
संस्थापक प्राचार्य रामबहादुर मोचीले एकाग्रता र समर्पण भए प्रत्येक विद्यार्थीले आफ्नो गन्तव्य प्राप्त गरेरै छाड्ने जनाए । उनले कक्षामा नियमित, अनुशासिन, मिहेनती र चरित्रवान् बन्न उनले सुझाव दिए । वरिष्ठ प्रशिक्षक दीपक बास्कोटाले पनि जीवन र अध्ययनका विभिन्न विषयबारे जानकारी दिए ।
विविध सांस्कृतिक प्रस्तृतिका साथ भएको कार्यक्रममा कक्षा १२ का कृपा थापा र कञ्चन थापा र शिक्षक ईन्द्र भुषाल, कक्षा ११ की छात्रा आयुषा बास्तोला, शिक्षक शिवु ढकाल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया