कालिका माविमा विद्यार्थीलाई स्वागत
पोखरा ।
पोखरा १० रामबजारमा रहेको कालिका माविले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । विद्यालयका सह प्रध्यानाध्यापक श्रीराम आर्चायले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विद्यालयको नियम र अनुशासनमा रहन, विद्यालयको नाम उच्च राख्न र उद्देश्य प्राप्त गर्न आजै देखि लागी पर्न आग्रह गरे ।
पूर्व प्रअ रामप्रसाद कोइरालाले विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै विद्यालयको शिर उच्च बनाउन विद्यार्थीको मुख्य भूमिका रहने प्रस्ट पारे ।
शिक्षक शिवजित तिवारीले विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन विद्यालयले ध्यान दिनुपर्ने कुरा तथा मेरीटेसन टिप्स वृतचित्र मार्फत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीका तर्फबाट युनिशा तामाङले बोलेकी थिइन् । विद्यालयका प्रअ बलराम गिरीको अध्यक्षतामा भएको कार्यक्रम कार्यक्रम सञ्चालन सह प्रअ बासुदेव अधिकारीले गरेका थिए ।
तपाईको प्रतिक्रिया