पोखरा इन्जिनियरिङ कलेजमा बिदाइ

पोखरा ।
पोखरा ८ फिर्केमा अवस्थित पोखरा इन्जिनियरिङ कलेजमा ४ वर्षे बिइ सिभिल र बिइ कम्प्युटरका साथै ५ वर्षे बि आर्किटेक्चर अध्ययन सकेका विद्यार्थीलाई बिदाइ गरिएको छ । कार्यक्रममा कलेजका नवनियुक्त प्रिन्सिपल सोम गुरुङले अबका दिन अझ जटिल, जिम्मेवारीपूर्ण भएको सुनाए ।
उनले अब विद्यार्थीको जीवनमा अवसरका ढोकाहरु पनि खुल्दै जाने विश्वास दिलाए ।स्वतन्त्र विद्यार्थी परिषद सभापति विराट सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कम्प्युटरका विभागीय प्रमुख इ. सुरजवसन्त तुलाचन, अतिरिक्त क्रियाकलाप संयोजक इ. प्रविण श्रेष्ठ, प्रशासन प्रमुख चिजकाजी गुरुङ, आर्किटेक्चर अन्तिम सेमेस्टरका विद्यार्थी आशीष पाण्डे, सिभिल छैठौ सेमेस्टरकी छात्रा अग्रता शर्मा, विद्यार्थीहरु सुभाष आचार्य, प्रभात रेग्मी, पवन लम्साल, सरोज पौडेल, कृति न्यौपाने, उषाकिरण भण्डारी लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न सेमेस्टरका सर्वाेत्कृष्ट विद्यार्थीहरु र गत सेमेस्टरमा ४÷४ एसजिपिए ल्याउन सफल ९ जनालाई पनि सम्मान गरिएको छ । कलेजले यस वर्ष १७ औं ब्याचका विद्यार्थीलाई बिदाइ गरेको हो । हालसम्म यस कलेजबाट १ हजार २ सयभन्दा बढी इन्जिनियर उत्पादन भएका छन् ।
तपाईको प्रतिक्रिया