पोखराका शैक्षिक संस्थाहरु ३ दिन बन्द हुने
समाधान संवाददाता
२०८० साउन २३ गते १२:५१

पोखरा ।
आँखा पाक्ने रोगको संक्रमण फैलिएसँगै पोखरा महानगरले नगर भित्रका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।
आखाँ पाक्ने रोगका कारण बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पर्ने भन्दै बुधबार देखी शुक्रबार ३ दिन सम्म विद्यालय बन्द गरिने निर्णय भएको महानगरले जानकारी दिएको छ ।
विद्यार्थी तथा अभिभावकलाई घरमा सुरक्षित तरिकाले बस्न र संक्रमणबाट बच्न समेत महानगरले आग्रह गरेको छ ।
अहिले पोखरा लगायत देशका सबैमा ठाउँमा आँखा पाक्ने रोगको संक्रमण बहिरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया