जानकी माविका विपन्न विद्यार्थीलाई पोशाक वितरण

समाधान संवाददाता २०८० भदौ ६ गते १२:३०

गण्डकी ।
पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौंडास्थित जानकी माविका विद्यार्थी स्कुल पोसाक पाउँदा हर्षित भएका छन् । विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा स्कुल ड्रेस पाएपछि उनीहरुको मुहारमा खुसीयाली छाएको हो ।

Advertisement


सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीले विद्यालयमा अध्ययनरत २४ जना समाजका विपन्न एवं असहाय विद्यार्थीलाई पोसाक वितरण गरेको क्लबका तृतीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक सीता काफ्ले भण्डारीले जानकारी दिइन् ।


‘साथीहरु विद्यालय पोषाकमा आएको टुलुटुलु हेर्न बाध्ये उनीहरु पोसाककै अभावमा कतिपय शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा समेत सहभागी हुन बञ्चित थिए,’ उनले भनिन्, ‘विद्यार्थीको मनोवल उच्च बनाउन संस्थामा आवद्ध सदस्यबाट संकलन गरिएको ३१ हजार ६८० रुपैया बरावरका टिसर्ट र ट्रयाक सुट वितरण गरिएको हो ।’


कार्यक्रमको शुभारम्भ गर्दै लायन्स डिस्ट्रिक चियरपर्सन विष्णुप्रसाद सुवेदीले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासको खाँचौ औंल्याए । नेपाल सरकार, विभिन्न संघसंस्था एवं शिक्षाप्रेमीहरुको सामूहिक प्रयासवाट सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेदै गएको बताउँदै उनले सरकारले शिक्षा, स्वास्थ्य निशुल्क गर्नुपर्ने आवश्यकता औंल्याए ।

क्लबका अध्यक्ष लक्ष्मी बराल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १७ वडा सदस्य शिवराम भण्डारी, लायन्न सिजन चियरप्रसन भोजराज बराल, विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेल, सदाशिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, लायन्स गिता पराजुली, क्लबकी सचिव अमृता अधिकारी लगायतले शिक्षाको महत्व र आवश्यकता माथि चर्चा गरेका थिए ।

Advertisement


महिला मात्र सदस्य रहेको उक्त क्लबले यसअघि पोखरा १७ छोरेपाटनमा सञ्चालित मानव सेवा आश्रममा १५ हजार बराबरको एक छाक खाना सहयोग गर्नुका साथै सीतापाइला ढुंगेसाँघु आमा समूहको हातामा विभिन्न जातका ११ हजार फुलका विरुवा रोपेको कार्यक्रममा जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया