प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगिता

समाधान संवाददाता २०८० भदौ ६ गते १४:१२

पोखरा ।

Advertisement

प्रतिभा मावि पोखरामा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । कक्षा ११ र १२ का विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा भएको वक्तृत्वकलामा प्रतिश्पर्धा गरेका हुन् ।


अंग्रेजीतर्फको प्रतिश्पर्धामा महिमा विक प्रथम, कविन्द्र आचार्य द्वितीय र आयान इकवाल तृतीय भएका छन् । नेपाली भाषातर्फको प्रतिश्पर्धामा दीपाली भट्टराई, प्रकृति सुवेदी र पूर्णिमा पौडेल क्रमशः प्रथम, द्वितीय र तृतीय बने । नेपाली भाषाको वक्तृत्व कलाका निर्णायकमा डा पुण्यप्रसाद शर्मा, बोधराज ढकाल र राधाकृष्ण गैह्रै थिए । अंग्रेजीतर्फका निर्णायकमा यादव सुवेदी, आकाश सुवेदी र अजय पौडेल थिए ।


प्राचार्य किरण सापकोटाले नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए भने अंग्रेजी भाषामा ‘२१ औं शताब्दीमा साइबर क्राइम’ विषयमा बोलेका थिए । विद्यार्थीमा भएको आन्तरिक क्षमता बाहिर ल्याउनका लागि प्रतिश्पर्धा गरिएको प्राचार्य सापकोटाले सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया