पोखरा २५ मा शिक्षाबारे विमर्श

हेमजा ।
पोखरा २५ को वडाभित्र रहेका शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन बुधबार अन्तक्र्रिया गरिएको छ । शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन वडा तथा महानगरले गर्नुपर्ने कामबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले बताए ।
उनले वडाबाट समाधान गर्न मिल्ने समस्या तत्काल सम्बोधन गर्ने र अन्य समस्या सुल्झाउन सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता जनाए । महानगरपालिका शिक्षा महाशाखा प्रमुख भीमप्रसाद आचार्यले शिक्षाका आगामी दिनमा शिक्षा समितिले अनुगमन गर्ने जनाए । उनले शिक्षामा प्रविधिको प्रयोग गर्दै बालबालिका मैत्री सिकाई र सरोकारवालाको निगरानी जरुरी हुने औंल्याए ।
कार्यक्रममा वडा सचिव सुबोध खनालले गत वर्ष वडामा भएका उपलब्धिबारे जानकारी गराए । सहभागीले विद्यालयहरुमा अनुगमन गर्न र गुणस्तरीय शिक्षाका लागि वडा बाहिरका स्कुल जान नपर्ने अवस्था बनाउन माग गरेका छन् ।
तपाईको प्रतिक्रिया