अमरज्योति माविको वार्षिकोत्सव

लेखनाथ ।
पोखरा २६ को अमरज्योति गाउँफर्क माध्यमिक विद्यालयले बिबिध कार्यक्रमका साथ ६३ औं वार्षिकोत्सव, अभिभावक दिवस, तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । कार्यक्रममा विद्यालयका संस्थापक सदस्य शक्तिवल्लभ ढुंगानाले ग्रामीण क्षेत्रमा स्थापना भएको विद्यालयले दक्ष जनशक्ति उत्पादनमा अहं भूमिका निर्वाह गरेको जनाए ।
विद्यालयका प्रधानाध्यापक दामोदर सापकोटाले शैक्षिक सुधारका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको जनाए । उनले विद्यालयको अहिलेको अवस्था र भावी योजनामाथि समेत प्रकाश पारे ।
कार्यक्रममा अक्षयकोष स्थापना गर्ने सम्पूर्ण संरक्षकहरूको प्रतिनिधित्व गर्दै कम्प्युटर संयोजक विष्णु बराल। जनप्रतिनिधि तीर्थबहादुर राजभाट, लक्ष्मीदेवी भट्टराई र सुदीपराज ढुंगाना, विव्यस भूपू सदस्य चन्द्रबहादुर रानाभाट, पूर्वशिक्षक ईश्वरीप्रसाद अधिकारी, भवानी कालिका माविका प्रधानाध्यापक रमेश भट्टराई, चन्दादाता वसन्तमोहन भट्टराई, अभिभावक विचित्र भण्डारी र शिक्षक अभिभावक संघका अध्यक्ष देवानन्द दाहाल, सहायक प्रधानाध्यापक पवित्रमणि ढुंगानाले बोलेका थिए ।
रुकविना तिवारी र तारा भगवती अक्षयकोषको बैंकको ब्याज सबै विद्यार्थीलाई खेलकूद पोशाक प्रदान गरिएको छ । समारोहमा शैक्षिक सत्र २०७९ को विभिन्न विद्याको पुरस्कार वितरणसमेत गरियो ।
तपाईको प्रतिक्रिया