कालिका माविमा कक्षा १२ उत्तिर्ण विद्यार्थीलाई बधाई

समाधान संवाददाता २०८० भदौ ११ गते ११:१५

पोखरा ।
पोखरा १० रामबजारका रहेको कालिका माविमा कक्षा १२ को परिक्षामा उत्तिर्ण भएकालाई सम्मान तथा बधाई कार्यक्रम गरिएको छ ।

Advertisement


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकबहादुर थापाले विद्यालयलाई देशका उत्कृष्ट विद्यालयहरुको सुचिमा सुचिकृत गर्न लागिपरेको बताए । विद्यालयमा अध्यनरत विद्याथीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सहभागीता गराउने प्रयास भइरहेको उनको भनाइ छ ।


विद्यालयका सहप्रअ श्रीराम आचार्यले विद्यार्थीलाई अनुशासित एवम मर्यादित भइ पठनपाठन गर्न आग्रह गरे । सामाजिक सञ्जाल तथा मोबाइल फोनको बढी प्रयोग नगरी भविश्यको निश्चित उद्देश्य बोकी अगाडी बढ्न सुझाए ।


विद्यालयका प्रअ बलराम गिरीले विद्यार्थीका समस्या समाधान गर्न सधैं तत्पर रहने बताए । लगनशिल भइ अध्ययनमा लाग्न आग्रह गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने उनले उल्लेख गरे ।


कार्यक्रममा कक्षा १२ का विद्यार्थीले साँस्कृतिक प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य रूपबहादुर तामाङले राखेका थिए । कार्यक्रमको अध्यक्षता सुनिता थापा मगरले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन वर्षा कडेल, सरीना तिवारी र वासना सुवेदीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया