पोखरा आदर्श स्कुलमा नैतिक शिक्षा

पोखरा ।
पोखरा आदर्श सेकेन्डरी स्कुल पोखरा १ बगरमा विद्यार्थीका लागि आइतबारदेखि बाल संस्कार कार्यक्रम सुरु भएको छ । सेवाका लागि युवा नेपालका अध्यक्ष छेवाङ कर्म तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सहजकर्ता छेवाङ कर्म तामाङ र सदस्य विष्णु काफ्ले थिए ।
विद्यालयका संस्थापक/प्राचार्य फणीन्द्रप्रसाद अधिकारीले बाल संस्कार कार्यक्रम बालबालिकाका लागि अत्यन्त उपयोगी रहेको जनाए । सहजकर्ता छेवाङ कर्म तामाङले विद्यार्थीलाई नैतिक शिक्षाको महत्व र आध्यात्मिक ज्ञानका बारेमा सिकाएका थिए । विद्यार्थीलाई योग, ध्यान, मत्रोच्चारण आदिका माध्यमबाट उनले व्यावहारिक ज्ञान दिलाए ।
पश्चिमी संस्कृतिको अन्धानुकरण भइरहेको अवस्थामा विद्यार्थीहरु माझ नेपालीपन, नेपालीत्व, नेपाली संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने उनले औंल्याए । ५ दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीको उपस्थिति छ ।,
तपाईको प्रतिक्रिया