१२ वर्षीया बालिका बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ

समाधान संवाददाता २०८० भदौ १२ गते १६:३१

पोखरा ।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीले
तनहुँ ऋषिङ गाउँपालिका-७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई बालिका बलात्कारको आरोपमा सोमबार पक्राउ गरेको हो ।

Advertisement


जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो ।


गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया